११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

जापान २०१० पछि पहिलो पटक अन्तिम १६ मा, समूह विजेता बन्दै कोलम्बिया पनि अन्तिम १६ मा

१५ असार, काठमाडाैँ । रसियामा जारी विश्वकप फुटबलको समूह एच अन्तर्गत अन्तिम चरणको खेलमा कोलम्बिया समूह विजेता बन्दै अन्तिम १६ मा प्रबेश गरेको छ । सेनेगल विरुद्ध १–०ले जित निकाल्दै तीन खेलबाट कुल ६ अंकका साथ कोलम्बिया समूह विजेता बनेको हो ।

त्यस्तै समूह उपविजेता बन्दै जापान पनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । सेनेगल सरह तीन खेलबाट ४ अंक जोडे पनि फेयर प्ले अंकको आधारमा जापानले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

यद्दपी समूहको अन्तिम खेलमा भने जापान यस अघि नै समूह चरणबाट बाहिरिसकेको पोल्याण्डसँग पराजित हुँदै ४ अंकमा सिमित बनेको थियो ।

तर सेनेगल कोलम्बियासँग १–०ले पराजित भएपछि फेयर प्ले अंकको आधारमा जापानलाई अन्तिम १६ मा छनौट गरिएको हो । जापान सन् २०१० पछि पहिलो पटक अन्तिम १६ मा प्रवेश गरेको हो ।

प्रकाशित मिति : June 29, 2018 at 6:05 am