१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कखरा सिकेको स्कुलप्रति पूर्वविद्यार्थीको प्रेम, महत्वपूर्ण पुस्तक र खेलकुद सामग्री उपहार

५ चैत, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको पञ्चकन्या माविमा पूर्व विद्यार्थीहरूले पुस्तकालयका लागि पुस्तक सहयोग गरेको अर्को एक महिनाभित्र खेलकुद सामाग्री प्रदान गरेका छन । विद्यालयका पूर्व विद्यार्थी एवं महत्वपूर्ण व्यवसायिक व्यक्तिको रूपमा सरकारले सम्मान गरेका गोपी कडेँल, युवा व्यवसायीहरू श्याम तिमल्सिना, राजेश तिमल्सिना र दिनेश ढकालले विद्यालयका लागि खेलकुद सामग्री सहयोग गर्नुभएको हो ।

विद्यालमा खेलकुद सामाग्री हस्तान्तरण गरेपछि पूर्व विद्यार्थी मध्येका गोपी कडेँलले आफूले कखरा सिकेको विद्यालयमा पुस्तक र खेलकुद सामग्री सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भविष्यका कर्णधार हाम्रा भाइबहिनीले खेल्दै सिक्ने र सिक्दै खेल्ने अवस्था विद्यालयमा सर्जनाहोस भन्ने हेतुले पुस्तक र खेलकुद सामग्री सहयोग गरेको बताउनुभयो । उहाँले आफूहरूको सहयोगमा कुनै राजनीतिक स्वार्थ नरहेको बताउँदै विद्यार्थीले खुशी साथ पढ्ने वातावरण सिर्जनाका लागि अनुरोध गर्नुभयो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार ०८:०८