११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

‘सल्लाह गरेर’मा पल र गीता ( भिडियो )

१ चैत, काठमाडौँ । डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको लोकलयमा आधारित नयाँ गीत ‘सल्लाह गरेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको गीतमा रमेश कडेल, सिडी विजय अधिकारी, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।

नायक पल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगाना बीचको अनस्क्रिन प्रेम र रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ। सन्तोष राजबाहकले कोरियोग्राफी यस भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन्। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ।

सुर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियोलाई उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार पारिएको हो। ईनाक्षी इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : March 14, 2021 at 12:34 pm