१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

२५ फागुन, काठमाडौँ । २०७७ सालको माध्यामिक शिक्षा एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गते सम्मदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले २०७८ जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कोरोना संक्रमणका कारण याे बर्षकाे परीक्षा २ महिना ढिलो हुने भएको  छ । यसअघि चैतको पहिलो सातादेखि नै एसईइ परिक्षा शुरु हुने गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १२:५३