२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरियाेः प्रधानमन्त्री ओली

२४ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिनुभएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिनुभएको हो । उहाँले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गर्नुभयो ।

उहाँले संसदमा सांसदहरुले संसदीय मुल्य मान्यता र मर्यादाविरित क्रियाकलाप गरेका आरोप लगाउनुभयो । मुद्दा लडेर संसद पुर्नस्थापना गराएर संसदमा धामी नाँच देखाएका आरोप पनि उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो “छलफल गर्दा माननीय भनेर अगाडि लेखेको हुन्छ । माननीय भनेर लेखिए जस्तै माननीयले बोल्ने भाषा जस्तै बोल्यौ । छलफल गरौ न । छलफल गरेको हो कि ? उफ्रेको हो कि ? धामी नाँच हो कि ? पार्लियामेण्टमा । हिजो पहिलो दिन औपचारिक रुपमा पार्लियामेण्ट सुरु भएको छ ,गुरुरर कुदेर आएर वेलमा आएर नारा लगाएका छन् कराएका छन् ।

के विग्रियो भन्दाखेरि एसिड आक्रमण विरुद्धको अध्यादेश पेश गर्यो सरकारले । फेल गरे भैगो नि सक्छौ भने । फेल गर्ने आँट कसैको छ ? फेल गर्ने आँट छैन । मन पनि छैन । फेल गर्ने आँट पनि छैन । त्यसकारण वेल घेरेर अध्यादेश पेश गर्न पाईदैन भनेर नारावाजी ।प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्छ भनेर मुद्दा लडेर आएपछि ताजुक देखियो । पुर्नस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमण विरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो ।

उहाँले भन्नुभयो “लडाई गरेर, मुद्दा लडेर, यतिखेर चुनावमा जान्थ्यो देश । चुनाव पछि राम्रो सरकार बन्थ्यो । त्यसलाई रोके मुद्दा हालेर । संसद पुनस्थापना किन गर्या रहेछ भन्दा उफ्रिन नारा लगाउन , कराउन , अध्यादेश पेस हुन नदिन , एसिड आक्रमण विरुद्धको कानुन पास हुन नदिन , त्यसका लागि पो बोलाएको रहेछ ।”

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफु कुन दलको हो भन्ने स्पष्ट भईसकेको भन्दै उहाँले आफुलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हिजो मैले बोलिनँ । प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराखेका थिए । अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको हो ? भनेर । उहाँहरुले मलाई नेकपाको साधरण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको हो भनेर ।

लक्ष्मी प्रसाद देवकोटोले भनेजस्तो दर्शन किन्तु कहीँ दिदैन चर्मचक्षुले भएर के भनेजस्तै देख्नै नसक्ने, देख्नै नखोज्ने आँखा भएर के गर्ने ? कान भएर के गर्नु सुन्नै नसक्ने । जन्मदैको दोष पनि होइन । कुनै रोगविमारको दोष पनि होइन । सुनिराखेको छ तर पनि सुन्दैन । देखिराखेको छ तर पनि देख्दैन । अब हुदाँहुदाँ प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् ।” मुलुकमा स्थायित्व काम गर्नका लागि आफुले प्रतिनिधिसभा विघटन गरेर चुनावमा गएको दोहोर्याउदै प्रधानमन्त्री ओलीले पुनस्थापन भएपनि “दूरदिन” सुरु भएको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : 17:32