२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नुवाकाेटमा नेकपा एमालेकाे कार्यालय पुन:स्थापना (भिडियाेसहित)

२४ फागुन, काठमाडाैँ । नुवाकाेटमा नेकपा एमालेकाे कार्यालय पुन:स्थापना गरिएकाे छ । सर्वोच्च अदालतको फैसलापछि सोमबार ओली पक्षका नेता-कार्यकर्ताले विघटित नेकपा एमालेकाे कार्यालय पुन:स्थापना गरेका हुन् ।

ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन्। तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो।

उक्त कार्यका लागि ओली पक्षका नुवाकोट स्थायी घर भएका केही नेता कार्यकर्ता काठमाडौँबाट नुवाकोट पुगेका थिए।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति : 13:37