कांग्रेस सांसदहरूको नाराबाजीपछि संसद बैठक १० मिनेटका लागि स्थगित
२३ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा अबरोध सिर्जना गरेका छन । कांग्रेस सांसदहरूले सरकारले ल्याएको अध्यादेशका विरूद्धमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गर्नुभयो ।

कांग्रेसको नाराबाजीका बाबजुद कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गर्नुभएको छ । कांग्रेस सांसदहरूले सिट छाडेर रोष्टम घेरी नाराबाजी गरेका थिए ।
प्रकाशित मिति : 18:09









