नेकपा नाम विवादः ऋषि कट्टेलले मुद्दा जिते
२३ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । 
प्रकाशित मिति : 14:58









