अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारका लागि मुस्कान खातुनलाई राष्ट्रपति भण्डारीको बधाई
२२ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारका लागि छनाैट भएकी मुस्कान खातुनलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले शनिबार ट्वीट गर्दै खातुनलाई बधाई दिँनुभएको हो । उहाँले पुरस्कार प्रदान गर्ने निर्णय गर्ने अमेरिकी सरकारलाई धन्यवाद दिनुभएको छ ।

राष्ट्रपति भन्नुभएको छ ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !’
प्रकाशित मिति : 13:13









