२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नेकपा संसदीय दलको बैठक आज, भोलिदेखि चल्ने संसदमा प्रस्तुत हुने रणनीति तय गर्ने

२२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक शनिबारका लागि बोलाइएको छ ।प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशनमा आज फागुन २२ गते शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।

फाइल तस्बीर ।

सर्वोच्च अदालतले संसद विघटन वदर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते आइतबारका लागि संसद बैठक आह्वान गरेकी छिन । प्रमुख सचेतक भट्टराइ नेकपा संसदीय दलका सबै सदस्यलाइ बैठकमा निमन्त्रणा गरिएको जानकारी दिए । बैठक दिउँसो ३ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रकाशित मिति : 09:08