मेलम्चीको पानी अवलोकनका लागि प्रधानमन्त्री दिउँसो सुन्दरीजल जाने
२२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीको पानी अवलोकनका लागि दिउँसो सुन्दरीजल जाने भएका छन । आज मेलम्चीको पानी सुन्दरीजल आइपुग्दै छ । मेलम्ची खानेपानी आयोजनाले अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको जनाएको छ ।

आयोजनाले आज सुन्दरीजल आइपुग्ने पानी सुरूमा बागमतीमा छाडिने जनाएको छ। त्यसपछि सामान्य अवस्थामै पानी आइरहे दुइ वटा प्रशोधन केन्द्रमाफर्त वितरण प्रणालीमा पठाइनेछ ।
प्रकाशित मिति : 09:03









