२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

विप्लव समूहका नेता धमेन्द्र बास्तोला काभ्रेबाट रिहा

२१ फागुन, काठमाडाैँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा भएका छन् । सरकारकासँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका हुन् । बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो । बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

प्रकाशित मिति : 11:52