१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

भर्ने हाेइन त ? ज्योति लाईफको आईपीओ आजदेखि खुल्यो, कति दिने आवेदन ?

२१ फागुन, काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गरेकाे हाे।

इन्स्योरेन्सले निष्काशनमा ल्याएकाे कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएकाे छ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

प्रकाशित मिति : March 5, 2021 at 10:04 am