प्रधानमन्त्री ओली सिन्धुलीमा, सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै
२० फागुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुली आइपुगेका छन् । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न ओली सिन्धुली अाएका हुन । सुनकोशी नदीको पानीलाई झण्डै १४ किलोमिटर लामो सुरुङबाट मरिण नदीमा जोडेर बनाइने यो आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको छ ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय अयोजनालाई राष्ट्रिय योजना आयोगले २०७३ मा अगाडि बढाउने निर्णय गरेको थियो । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ । १३ दशमलव ३ किलोमिटरको सुरुङ बनाइने छ । २०८२÷८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने छ ।
प्रकाशित मिति : 12:12









