सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने
२० फागुन, काठमाडौँ । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने र विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।
प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १०:४१