२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सरकार र विप्लव समूहबीच आज पनि वार्ता जारी

२० फागुन, काठमाडौँ । बिहीबार बिहानैदेखि सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता  सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्षबीच छलफल शुरू भएकाे छ । आज पनि दुवै पक्षबीच वार्ता चलिरहेको छ । संसद अधिवेशन शुरु हुनुअघिनै वार्ता टुंग्याउने तयारीका दुवै पक्ष जुटेका छन् ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको छ ।भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी छ ।

प्रकाशित मिति : 10:32