सुशीला नेपालको संयोजकत्वमा अखिल नेपाल महिला संघको बागमती प्रदेश कमिटी गठन
१७ फागुन, काठमाडाैँ । अखिल नेपाल महिला संघको बागमती प्रदेश कमिटी पुनर्गठन भएको छ । सुशीला नेपालको संयोजकत्वमा १९८ सदस्यीय कमिटी निर्माण भएको संघको केन्द्रीय सदस्य विन्दा ढुंगानाले जानकारी दिइन ।
संघको उपाध्यक्षमा जुरेली श्रेष्ठ र सचिवमा सरस्वती बस्नेत चयन भएकी छिन । बागमती प्रदेश अन्तर्गतका जिल्लामा जिल्ला इन्चार्ज र संयोजकहरू समेत तोकिएका छन । १९८ सदस्यीय प्रदेश कमिटीमा सम्बन्धित प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्य र प्रदेश भित्रका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन ।

सोमबार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको संघको विस्तारित बैठकले समिति पुनर्गठन गरेको हो । बैठकमा संघको इन्चार्ज गोमा देवकोटा, नेकपा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल, संघकी केन्द्रीय सदस्य सीता पाैडेल सचिव सुजिता शाक्य लगायतले शुभकामना दिएका थिए ।
संघले माझण्ड समूहका नेता रघुजी पन्तको राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति लक्षित भनाईको घोर भत्र्सना गरेको छ । अनेमसंघको बाग्मती प्रदेशको भेलामा सहभागीले सो अभिब्यक्तिको चर्को निन्दा र भत्र्सना गरेका हुन् । भेलामा सहभागीहरुले पछिल्लो राजनीतिक घटनाक्रम पछि उत्पन्न परिस्थितीको समेत समिक्षा गरेका छन । संघको केन्द्रिय संयोजक सीता पौडेलले महिला नेताको चरित्र हत्या हुने अभिब्यक्ति विरुद्ध आवाज उठाउन आह्वान गरेकी छिन । बैठकमा जिल्ला संयोजकहरूले जिल्ला गत गतिबिधिहरूको रिपोर्टिङ पनि गरेका थिए ।
प्रकाशित मिति : 22:45









