५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आत्म आलोचनसहित पार्टी एकता जोगाउन भदौ २६ को निर्णयमा फर्किनुस्ः गृहमन्त्री थापा


१७ फागुन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो राजनीतिक संघर्ष सडकको मोर्चाबाट सदनको मोर्चामा संघर्ष केन्द्रित भएको बताउनु भएकाे छ । सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले माझण्ड समुहलाई अविश्वासको प्रस्ताव फिर्ता लिई सच्चिएर आउने अवसर मिलेको बताउनु भएकाे छ । ‘यो उहाँहरुलाई सच्चिने अन्तिम अवसर हो । आत्म आलोचनसहित तपाईंहरु भदौ २६ को निर्णयमा फर्कनुहोस्  र पार्टीलाई एकताबद्ध गर्नुहोस्,’ उहाले भन्नुभयाे ।

‘पार्टी एकताको निम्ति भदौ २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भदौ २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्,’ थापाले भन्नु भयाे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १५:०१