८ जेष्ठ २०८१, मंगलवार | Wed May 22 2024

प्रधानमन्त्री ओली पोखरा जाँदै, पोखरा रंगशालाको निरीक्षण गर्ने


१७ फागुन, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पोखरा जँदैछन । ओलीले पोखरामा पार्टी कार्यकर्ताको भेलामा सम्बाेधन गर्नेदेखि शिलान्यस र निरीक्षणको काममा सहभागिता जनाउनेछन।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरूङका अनुसार प्रधानमन्त्रीले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नेछन । त्यसपछि प्रधानमन्त्रीले पोखरासभा गृहमा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बाेधन गर्नेछन ।

कार्यकर्ता भेलामा सम्बाेधन गरेपछि प्रधानमन्त्रीले पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको मन्त्री गुरूङले जानकारी दिए । त्यहाँ प्रधानमन्त्रीलाइ राखेपले ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ०८:३२