प्रचण्डद्वारा अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश
१६ फागुन, काठमाडाैँ । माझण्ड समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गर्नुभएकाे छ । प्रचण्ड आइतवार बिहान अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न स्वयं उपस्थित हुनुभएकाे हाे ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै माघ २१ गते लिखित जवाफसहित उपस्थित हुन प्रचण्डलाई आदेश दिएको थियो । ‘म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला’, आदेशमा भनिएको थियो । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : 12:07









