२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्री ओलीलाई भेट्न वामदेव गौतम बालुवाटारमा

१४ फागुन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुग्नु भएकाे छ ।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेट्न उपाध्यक्ष गौतम बालुवाटार  पुग्नु भएकाे हाे । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल चलिरहेको छ ।

संसद पुर्नस्थापना भएसँगै नेकपालाई मिलाउने अभिायनमा जुट्नु भएकाे गौतमले बिहीबार खुमलटारमा प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गर्नु भएकाे थियाे ।  गौतमले नेकपा विभाजनलगत्तै आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गर्नु भएकाे थियाे ।

प्रकाशित मिति : 15:33