बिज्ञान र गरिमा शर्माकाे ‘मैना’ सार्वजनिक ( भिडियो )
१४ फागुन, काठमाडौँ । कलाकार बिज्ञान र मोडेल गरिमा शर्मा फिचर्ड ‘मैना’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। गीतमा कालीकै शब्द र संगीत छ। म्युजिक भिडियोमा बिज्ञान र गरिमा बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। पनौतीमा छायांकन गरिएको यस भिडियोलाई शंकल भुजेलले खिचेका हुन्।

भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ। रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो। भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भारतको दिल्लीमा लामो समय थियटर सिकेर नेपाल फर्केका कलाकार बिज्ञानको यो डेब्यु म्युजिक भिडियो हो। यसअघि उनले केहि चलचित्र र नाटकको अनुभव बटुलीसकेका छन्। ‘मैना’लाई दर्शक, स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
प्रकाशित मिति : February 26, 2021 at 1:04 pm









