२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

चन्दन शाहको ‘टिकटक क्विन: सुपरम्यान’ सार्वजनिक ( भिडियो )

१३ फागुन, काठमाडौँ । मोडेल गरिमा शर्मा र रुचि बिश्वास फिचर्डकाे बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन: सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा गायक कृष्ण ढकाल र गायिका रचना रिमालको गायिकी सुन्न सकिन्छ। गीतमा शब्द, संगीत तिलक बस्नेत रहेको छ। यस गीतलाई रमेश सिन्चुरीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पल शाह र गायक तथा मोडेल दुर्गेश थापालाई समेत देख्न सकिन्छ। राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा विवेक सुनारको सम्पादन रहेको छ। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई को ‘शाह प्रडक्शन फिल्म्स’ आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसै प्रडक्शन हाउस बाट पल शाह फिचर्ड ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ।

प्रकाशित मिति : February 25, 2021 at 5:27 pm