देउवासँग मिलेर जाने प्रचण्ड-नेपालको प्रस्ताव
१२ फागुन, काठमाडौँ । नेकपा माझण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नु भएकाे छ । चितवनको आमसभामा सहभागी नभई सीधै काठमाडौँ आउनु भएका प्रचण्ड -नेपालले बुधबार दिउँसो देउवालाई उहाकै निवासमा पुगेर भेट्नु भएकाे हाे ।

भेटमा प्रचण्ड -नेपालले संयुक्त सरकार बनाउने प्रस्ताव गरेपछि देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताउनु भएकाे छ । देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाउनु भएकाे छ। ।
प्रकाशित मिति : 15:19









