२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

केपी ओलीसँग एकता हुँदैन, एमसीसी अब संसदबाटै पास हुन्छः वरिष्ठ नेता खनाल

१२ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) अब संसदबाटै पारित हुने बताएका छन । बुधबार इमेज एफएमसँको कुराकानीमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी संसदबाट पारित हुने बताएका हुन । उनले एमसीसीमा केही सुधार भने गरिने बताए ।

यसअघि एमसीसीको कट्टरबिरोधीका रूपमा देखिएका खनालले अहिले अमेरिकामा पनि जोवाइडेनको नेतृत्व आएको बताउँदै एमसीसीमा सामन्य परिमार्जन गरेर संसदबाटै पारित गराउने बताए । उनले पार्टीको विवादका सम्बन्धमा कुरा गर्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि एकताको सम्भावना नरहेको बताए । उनले ओली बहेकका नेताहरूलाइ भने पार्टीमा स्वागत गरिने बताए ।

प्रकाशित मिति : 12:46