सर्वोच्चको फैसला सम्मान योग्य छैनः उपप्रधानमन्त्री पोखरेल
१२ फागुन, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनका सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको फैसला माने पनि सम्मान गर्न नसकिने बताएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रतिकिया दिँदै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन ।

उनले भनेका छन ‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ । सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’
प्रकाशित मिति : 05:56









