२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, यस्तो छ नयाँ रणनीति

११ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दनिने जानकारी दिएका छन । सल्लाहकार थापाका अनुसार सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ उद्यपी फैसला मान्नुको विकल्प छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली ।

थापाले भनेका छन ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ।

अब प्रधानमन्त्रीले संसदमै समाना गर्ने भएका छन । यसअघि पनि प्रधानन्त्री हुँदा प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव समाना गरेका थिए ।

प्रकाशित मिति : 22:42