२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

नयाँ गोल हान्ने चान्स केपी ओलीकै हातमा छः पूर्वमन्त्री बस्नेत

११ फागुन, काठमाडौँ । नेकपाका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी  शर्मा ओलीकै हातमा नयाँ गोल हान्ने चान्स आएके बताएका छन । उनले सर्वोच्चको अनपेक्षित फैसलाको स्विकार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन ।

समाजिक सञ्जाल फेसबुक मार्फत बस्नेतले भनेका छन ‘ सर्बोच्च अदालतको अनपेक्षित फैसलाको स्विकार गर्दछु। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ।’

उनले अघि भनेका छन ‘सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस।‘

बस्नेतले पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउ प्रयत्न गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका छन । उनले राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउन अनुरोध गर्दै सबैको सशक्त र दरो समर्थन रहने बताएका छन ।

प्रकाशित मिति : 21:21