के काे दिपावली के काे रुवाबासी ? गाेलचक्कर त उसैगरि चलिरहन्छः पूर्वमन्त्री बाँस्कोटा
११ फागुन, काठमाडाैँ । छोटो र तिखा टिप्पणीमा माहिर मानिने नेकपाका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिको गोलचक्कर उसैगरि चलिरहने भन्दै अहिले दिपावली र रूवाबासी केही गर्नु आवश्यक नरहेको बताएका छन ।

सर्वोच्च अदालतले संसद विघनको निर्णय बदर गरिदिएपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै पूर्वमन्त्री बाँस्कोटाले भनेका छन ‘राजनीतिले संसदमा असर गरेकाे हाे, संबिधानले हाेईन। त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि । राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ। के काे दिपावली के काे रुवाबासी ? बाँकी हेर्दै जाने हाे।’
प्रकाशित मिति : 20:50









