२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मातृभाषा र मौलिकता बलियो भयो भनेमात्र देश बलियो हुन्छः मन्त्री ढकाल

१० फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले मातृभाषा र मौलिकता बिलयो भयो भनेमात्र देश बलियो हुने बताउनुभएको छ ।

सोमबार काठमाडाैँमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२१ को सन्दर्भमा आयोजना गरेको मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठीमा मन्त्री ढकालले मातृभाषा र माैलिक बलियो हुनु देशकै लागि राम्रो हुने बताउनुभयो ।

उहाँले सेमिनार र गोष्टीमात्र गर्ने भन्दा जनस्तरमा मातृभाषाको कार्यक्रम लैजानु राम्रो हुने र त्यसमा सरकारले सहयोग गर्ने बतानुभयाे । मन्त्री ढकालले एक दिनमात्र सम्झने भन्दा पनि वर्षैभरी अभियानका रूपमा मातृभाषाको संरक्षणका लागि काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले मातृभाषाका कारण कतिपय देशहरू जन्मिएको बताउँदै त्यसको उचित संरक्षण र प्रवर्द्धन गर्न नसक्दा त्यस्ता देशहरूको अस्तित्व नै मेटिने बताउनुभयो ।

प्रकाशित मिति : 15:12