२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश

९ फागुन, काठमाडाैँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। मुख्यमन्त्री राईविरूद्ध आइतबार बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका छन्।राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

सरकारका प्रवक्तासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले निलम्बित सांसद उपस्थित भएसम्म बैठक बहिष्कार गर्ने निर्णय भएको भन्दै बैठकमा नजाने निर्णय गरेको बताए। सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सकिएको छ । अर्को बैठक फागुन २० गते बस्नेगरी आइतबारको बैठक सकिएको हो ।

प्रकाशित मिति : 16:32