२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

बलिउड अभिनेत्री करिना दोस्रो सन्तानकी आमा बनिन्

९ फागुन, काठमाडाैँ । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्। करिनाले आइतबार दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छिन् । करिनाले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे बच्चालाई जन्म दिएकी हुन्। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो। यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए। नयाँ छोरासँगै सैफ अलि चौथो पटक बुवा बनेका छन्। सैफका पूर्व पत्नी अमृता सिंहबाट दुई सन्तान छन्, सारा अलि खान र इब्राहिम अलि खान।

प्रकाशित मिति : February 21, 2021 at 1:15 pm