२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अनेरास्ववियू नुवाकोटमा नेतृत्व हस्तान्तरण, संयोजकमा विष्णुहरि रिमाल सत्य चयन

८ फागुन, नुवाकोट । अनेरास्ववियू नुवाकोटले नयाँ नेतृत्व पाएको छ । अनेरास्ववियू नुवाकोटको पुनर्गठनसँगै संयोजकमा निरन्तरता पाएका विष्णु दाहालले केन्द्रीय सदस्य पनि रहेको र नेतृत्व हस्तान्तरण गर्नु राम्रो हुने प्रस्ताव बैठकमा लगेपछि शनिबार बसेको अनेरास्ववियू नुवाकोटको बैठकले विष्णुहरि रिमाल सत्यलाइ संयोजक चयन गरेको सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेको अनेरास्ववियू केही साता अघिमात्र पुनर्गठन भएको थियो । रिमाल पनि अनेरास्ववियूका केन्द्रीय सदस्य हुन । उनले यसअघि नुवाकोट आदर्श बहुमुखी क्याम्पस कमिटीको अध्यक्षका रूपमा सफल काम गरेका छन ।

प्रकाशित मिति : 21:00