प्रचण्डले युद्धको धम्की दिइरहेको समयमा विप्लव सरकारसँग वार्तामा बस्न तयार
८ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भनेजस्तो नभए युद्धसम्मको धम्की दिइरहेको समयमा शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा सरकारसँग वार्तामा बस्न तयार देखिएको छ ।

नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार रहेको बताएका छन । उनले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

विप्लवले विज्ञप्तिमा भनेका छन ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं।’ विप्लवले वार्ताका लागि सहमति जनाएसँगै सरकारले सो समूहमाथि लगाएको प्रतिवन्ध फुकुवाको तयारी गरेको छ ।
प्रकाशित मिति : 17:18









