३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

प्रचण्डलाई आफैँ सिद्धिने बाटो छाडेर जनताको सागरमा मिसिन प्रधानमन्त्री ओलीको आग्रह

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी ओलीले माझण्ड समूहका नेता पुष्पकमल दाहाल प्रचण्डलाई आफैँ सिद्धिने बाटो छाडेर जनताको सागरमा मिसिन अाग्रह गरेका छन । नेकपाको प्रदेश १ समितिले शनिबार विराटनगरमा गरेको विशाल जनसभामा सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्। भीरबाट लड्नेलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन ।’

फाइल तस्बीर।

ओलीले दुई चार सिटमा सीमित प्रचण्डलाई सुरुमा ठूलो जुरो हालिदिएको त्यसपछि सिङ्ग हादिदिएपछि अहिले उहाँ आफूहरुलाई सिध्याउँछु भन्दै हिँडेको बताए । विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका छन्। ओली समूहले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको चुनावको तयारीमा जुट्न आग्रह गर्दै विभिन्न ठाउँमा सभा गर्दै आएको हो।

प्रकाशित मिति : February 20, 2021 at 5:02 pm