देउवा हेलिकप्टरमा उडेपछि केराको बोटसहित स्वागतमा बसेका नुवाकोटका कार्यकर्ता ट्वाँ
-प्रशान्तजंग पाण्डे
८ फागुन, नुवाकोट । फागुन ७ प्रजातन्त्र दिवसको दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोट आउने जानकारी पाएपछि कार्यकर्ता खुशी नहुने कुरै भएन । झन जिल्ला सभापति जगिदिश्वरनरसिंह केसीले सामाजिक सञ्जाल फेसबुक मार्फत नै देउवाको नुवाकोट प्रवेशको रूट सार्वजनिक गरे ।

सभापति केसीले रूट सार्वजनिक गरेपछि देउवाको सवारी हुने बाटोको नजिक भएका कांग्रेसका कार्यकर्ताको ध्यान सडकतिर हुन स्वभाविक नै हो । उनीहरूले देउवाको स्वागतका लागि जिल्लाको शिवपुरी र लिखु गाउँपालिकामा पर्ने सडको तीन ठाउँमा स्वागतद्धार नै बनाए ।
आफ्नो बारीमा भएको केरोको बोटनै उखेलेर सडकको किनारमा राखेर स्वागतद्धार बनाए तर देउवा ती कार्यकर्ताले पत्तै नपाउने गरी हेलिकप्टरमा उडे । स्थलमार्गको रूटको व्यवस्थापनका लागि जिल्ला सभापति निकटका नेता कार्यकर्ताको राम्रो तयारी थियो तर ठेकेदार समेत रहेका संविधानसभा सदस्य बहादुरसिंह लामाले देउवालाइ हेलिकप्टरमा उठाएर सिधै नेपाली सेनाको तालिम केन्द्रमा ओराले ।

यो विषयमा फागुन ६ गते बिहानैदेखि जिल्लाका सुरक्षा निकायका प्रतिनिधिदेखि प्रमुख जिल्ला अधिकारी समेत जानकारी पाइसकेका थिए तर जिल्ला सभापति केसीले भने अपरान्ह ४ बजे सामाजिक सञ्जाल मार्फत देउवाको स्थलमार्गको रूटको प्रचार गरिरहेका थिए ।

देउवा हेलिकप्टरमा यात्रा गरेपछि उनलाइ स्वागत गर्न तयार भएका कार्यकर्ता भने निराश देखिएका थिए । यसअघि नेकपाको माझण्ड समूहका कमाण्डर पुष्पकमल दाहालले पनि स्थलमार्गबाट नुवाकोट जाने जानकारी गराएर आफू हेलिकप्टरमा गइ सोही ठाउँका कार्यकर्तालाइ ट्वाँ पारेका थिए । यसअघि जिल्ला सभापति केसीको सार्वजनिक सूचनाका आधारमा दैनिकीले नुवाकोटका कांग्रेस नेताले हिलो खेलेको सडकमा शेरबहादुर देउवाको यात्रा शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
यो पनि पढ्नुहोस्
–कांग्रेस नेता डा प्रकाशशरण महतलाई नुवाकोटमा निषेध, गृहजिल्ला जान नपाएपछि भोजपुर पुगे
प्रकाशित मिति : 16:39









