२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

विराटनगरमा नेकपाको विशाल जनसभाको तयारी पूरा, सभा अहिलेसम्मकै ऐतिहासिक हुने

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको प्रदेश १ कमिटीले शनिबार विशाल जनसभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने तयारी छ । प्रधानमन्त्री ओलीको गृह प्रदेश भएका कारण पनि जनसभालाइ महत्वका साथ हेरिएको छ ।

विराटनगरको सभामा प्रदेशका सबै जिल्लाबाट नेता कार्यकर्ताले सहभागिता जनाउने नेकपा तेह्रथुम काठमाडाैँ सम्पर्क मञ्चका सचिव विष्णु खनालले बताए । खनालले विराटनगरको सभा अहिलेसम्मकै ऐतिहासिक हुने दाबी पनि गरे । अहिले सभा सञ्चालनको तयारी पूरा भएको छ । मञ्च व्यवस्थापन लगायतको सबै तयारी पूरा भएको छ ।

सभाको तयारीको अनुगमन र सहयोगका लागि यसअघि नै संविधानसभा अध्यक्ष सुवासचन्द नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे, नेकपा केन्द्रीय सदस्य राजेन्द्र गाैतम, विनोद ढकाल लगायत विराटनगरमै हुनुहुन्छ । सभाको तयारीका तस्बीरहरू तल हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : 08:44