१ असार २०८३, सोमबार | Mon Jun 15 2026

प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

६ फागुन, काठमाडाैँ ।  अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज आफैँ उपस्थित हुने भएका छन्। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीशहरु तथा पूर्व सभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

सर्वोच्चले पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष प्रचण्डलाई पनि अदालतको अवहेलना मुद्दामा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : February 18, 2021 at 11:16 am