२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

५ फागुन, काठमाडाैँ । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । फागुन ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो ।


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 08:12