१ असार २०८३, सोमबार | Mon Jun 15 2026

माझण्ड समूहमा भागबण्डाको लडाइँः प्रचण्डसँग भाग खोज्दै माधव नेपाल

४ फागुन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहमा भागबण्डाको लागि लडाइँ सुरू भएको छ । राजनीतिमा दिन भन्दा लिन प्रखर मानिएका माधवकुमार नेपालले पुस्पकमल दाहाल प्रचण्डसँग पूर्व एमालेको नाममा भाग दिन अनुरोध गरेका छन । उनले ओली समूहका नेताका कारण रिक्त भएको सबै पदमा पूर्व एमालेका आफ्ना कार्यकर्ताले भाग पाउनुपर्ने माग गरेका छन ।

माधव नेपालले अहिले नै भाग माग्न थालेपछि प्रचण्ड भने तर्सिएका छन । नेपाललाइ भाषणमा एक नम्बर अध्यक्ष भन्दै व्यहारमा दुइ नम्बरको अध्यक्ष बनाइरहेका प्रचण्डले भागड मागेजस्तै गरि दिन नसक्ने बताएका छन । उनी निकट नेताहरूको अनुसार पूर्व एमाले समाप्त पार्ने प्रचण्डको डिजाइन सफल भैसकेको भन्दै अब माधव नेपाललाइ बहुमत दिएर आफू अलमतमा बस्न नसक्ने बताएका छन । यता नेपालले भने ‘नत्र भने’ भन्ने घुर्कीसहितको सन्देश दिइरहेका छन ।

माधव नेपालले विगतको कमिटीमा पूर्व एमालेका कारण खाली भएका सबै पद दिनुपर्ने र नयाँ थप्दा ५०/५० प्रतिशत गर्नुपर्ने बताएका छन । उनी निकटका नेताले माधव नेपालको यस प्रकारको मागलाइ अडानको रूपमा व्याख्या गरेका छन । माधव नेपालले नेकपा फुटाउन दिलोज्यान दिएर वातावरण तयार गर्न हिड्ने सुरेन्द्र पाण्डेलाइ महासचिव बनाउनका लागि भाग मागेका छन यद्यपी प्रचण्डले एक नम्बरको अध्यक्ष माधव नेपाल नै हो भन्दै महासचिवमा जनार्दन शर्मा वा वर्षामान पुन मध्ये एक ल्याउन चाहेका छन ।

यही कारण उनीहरूले एकीकरणको काम समेत गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विरूद्धमा घेराबन्दी गर्न कहिले कोटेश्वरको निवास त कहिले खुमलटारको निवासमा बसेर तानाबाना बुन्ने उनीहरू अहिले त्यस्तो बैठक समेत गर्न छाडेका छन ।

प्रकाशित मिति : February 16, 2021 at 7:49 pm