२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

घनश्याम भुसालको परिवारका तीन सदस्य बाहेक गाउँका सबै ओली नेतृत्वको नेकपामा

२ फागुन, वुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका एक जना नेता घनश्याम भुसाल गृह नगरमै एक्लिएका छन । रूपन्देहीको लिलोत्तमा नगरपालिका स्थायी घर भएका भुसालका तीन सदस्यबाेहक सबै मुलधारको नेकपामा लागेका छन । शनिबारको सभामा घनश्याम भुसालका गाउँका बासिन्दा सबै ढोका ताल्चा लगाएर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न गएका थिए ।

एक पटक विनाविभागीय र एक पटक कृषिमन्त्री भएर पनि गफबाहेक केही गर्न नसकेका भुसाल स्वयं माझण्ड समूहमा प्रभावशाली मानिन्छन । उनी आफैँ भुगोलमा भने करिब एक्लो भएका छन । भुसालका अत्यन्तै निकट रहेका काम गरेका नगरपालिकाका प्रमुख र उपप्रमुखसमेत अब मुलधारको नेकपामा क्रियाशिल हुने भएका छन । सोही गाउँका नेताहरू विष्णु पौडेल, छविलाल विश्वकर्मा र लिला गिरी ओली समूहका क्रियाशिल रहेका छन ।

नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरी केपी ओली पक्षमा खुलेर लाग्ने उद्घोष गर्नुभएको छ । बुटवलमा शनिबार भएको विशाल आमसभाको भोलीपल्ट घनश्याम भुषालका अत्यन्तनिकट रहेका घिमिरे र चौधरी ओली पक्षमा देखिएका हुन । जनसभामा सबै जनता ढोकै बन्द गरेर सहभागी हुन गएपछि प्रमुख र उपप्रमुख पनि जनताको भावना भन्दा ठूलो गुट नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका हुन । मेयर घिमिरे र उपमेयर चौधरी दुवैजना पार्टी विभाजनपछि माझण्ड पक्षमा रहेका थिए ।

नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गरेका छन । उनले ‘हामी सँगै थियौँ र सँगै हुनेछौँ’ भन्ने स्टाटससहितको फोटो फेसबुकमार्फत सार्वजनिक गरेका हुन । बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल जानुभएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : 16:38