३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महोत्तरीकी १३ वर्षीया बालिका सामूहिक बलात्कारमा, बलात्कारमा संलग्न राकेश सदा पक्राउ

११ असार, महोत्तरी  । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

स्केच ।

प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय १५ वर्षीय दुई युवा राकेश सदा र ऋतिक सदाले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ऋतिक सदालाई पक्राउ गरेको छ भने अर्का युवा राकेश फरार छन् । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : June 25, 2018 at 12:57 pm