१ असार २०८३, सोमबार | Mon Jun 15 2026

अबको चुनावमा ५० लाख समानुपातिक मत र प्रत्यक्षमा बहुमत ल्याउछाैः प्रधानमन्त्री ओली

१ फागुन, वुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासमू गएर मतपत्रमा लोकप्रियता जाँच्न माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहसँग प्रस्ताव गरेका छन । लुम्बिनी प्रदेशको वुटवलमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डहरूलाइ लोकप्रियता औधि भएजस्तो लागेको भए मतपत्रमा लोकप्रियता जाँच्न अनुरोध गरे ।

प्रधानमन्त्रीले अबको चुनावमा ५० लाख समानुपातिक मत ल्याएर देखाउने चुनौति दिए । उनले प्रत्यक्षमा बहुमत ल्याउने समेत दाबी गरे । प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमै उल्लेखनीय काम भएको बताए ।

‘तीन वर्ष चुप लागेर बसेका छैनौं, धेरै काम भएका छन्,’ प्रधानमन्त्रीले भने, ‘सरकारको कामबाट आत्तिएर मलाई हटाउन लागे ।’ उनले बाटोघाटो, कृषि, सिँचाइ, सूचना प्रविधिलगायतका क्षेत्रमा धेरै काम भएको फेहरिस्त प्रस्तुत गरे । प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते प्रेसमार्फत जानकारी दिने बताए ।

प्रकाशित मिति : February 13, 2021 at 5:58 pm