१ असार २०८३, सोमबार | Mon Jun 15 2026

जसपा प्रभावशाली नेता इस्लाम हवारी नेकपा प्रवेश, अन्य सयाैँ प्रवेशको तयारीमा

३० माघ, काठमाडाैँ । जनता सामाजवादी पार्टीका नेताहरूको नेकपा प्रवेशको लहर सुरू भएको छ । पूर्व सांसद नेकपा प्रवेश गरेको एक सातापछि जसपाका स्थायी समिति सदस्य एवं मधेश इन्चार्ज इस्लाम हवारी नेकपा प्रवेश गरेका छन ।

हवारीलाई शुक्रबार बिहान प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । हवारीले अन्य सयौँ नेता कार्यकर्ता नेकपा प्रवेशको तयारीमा रहेको जानकारी गराएका छन । सो अवसरमा प्रधानमन्त्री ओलीले हवारीलाइ पार्टीमा उत्कृष्ट ढंगले काम गर्न शुभकामना दिएका छन । केही दिनअघि जसपाकै प्रभावशाली नेता डा शिवजी यादव नेकपा प्रवेश गरेका थिए ।

नेकपाका नेता प्रभु शाहले पनि हजारीको स्वागत गरेका छन । उनले भनेका छन ‘लोकतान्त्रिक प्रक्रिया मार्फ़त देशलाई स्थायित्व एवं समृद्ध तुल्याउदै समाजवादको दिशामा अघि बढ़ने हाम्रो अभियानमा साथ दिन आउनुभएको इस्लाम हवारीजीलाई विशेष बधाईसहित हार्दिक स्वागत गर्दछु ।’

यो पनि पढ्नुहोस्

जसपाका प्रभावशाली नेता डा शिवजी यादव नेकपा प्रवेश, मधेसका धेरै नेता प्रवेशको तयारीमा

प्रकाशित मिति : February 12, 2021 at 2:25 pm