१ असार २०८३, सोमबार | Mon Jun 15 2026

जसपाका अर्का नेता इस्लाम हवारी नेकपा प्रवेश

३० माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएकाे नेकपामा विभिन्न दलका शक्तिशाली नेता प्रवेश गर्ने क्रम जारी रहेकाे छ । यसै क्रममा ओलीले नेतृत्व गर्नुभएकाे नेकपामा जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी  प्रवेश ग्नुभएकाे छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभएकाे हाे । स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीमा काम गर्नका लागि शुभकामना समेत दिनुभएकाे छ ।बीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको छ ।

प्रकाशित मिति : February 12, 2021 at 1:31 pm