१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

शुक्रबार पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलामा ?

३०, माघ, काठमाडौँ। शुक्रबार पनि सुनकाे मूल्य घटेको छ। शुक्रबार छापावाल सुन प्रतितोलामा ६ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार  छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियो।

त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : February 12, 2021 at 11:32 am