१ असार २०८३, सोमबार | Mon Jun 15 2026

देश निर्माणमा केन्द्रित हुनुपर्नेमा नेकपाका नेता कुर्सी र शक्तिका लागि लडेः अध्यक्ष थापा

३० माघ, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तका लागि नभई पद, प्रतिष्ठा र भागबन्डाका लागि मात्रै भएको बताउनुभएको छ । उहाँले  बिहीबार  मकवानपुरको पश्चिमी भेगमा पर्ने मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देश निर्माणका विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिका निमित्त झगडा गरेर मुलुकलाई अँध्यारो सुरुङमा फसाइएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा र नेपाली काँग्रेसको शासकीय असफलताले मुलुक यो अवस्थामा आइपुगेको जनाउँदै अध्यक्ष थापाले राजसंस्था हटाइएपछि अब प्रजातन्त्रका लागि कहिले आन्दोलन गर्नु पर्दैन भन्ने भनाइ हाँस्यास्पद भएको जिकिर गर्नुभयो । उहाँले राष्ट्रको सार्वभौमता र संसदीय प्रजातन्त्रको सुदृढीकरणका लागि सबै दलले आफ्नो स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा पनि जोड दिनुभयो ।

प्रकाशित मिति : February 12, 2021 at 7:58 am