२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

विदेशी शक्तिकेन्द्र गुहार्ने नेताका कार्यकर्ताले रास्ट्रियताकाे रक्षा गराैं भन्दै नारा लगाएः गाेकुल बास्काेटा

२८ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (ओली पक्ष)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विदेशी शक्ति गुहारेको टिप्पणी गर्नुभएकाे छ । बुधबार सामाजिक सञ्जालमार्फत उहाँले विदेशी शक्ति गुहार्ने नेताको कार्यकर्ताले राष्ट्रियताको कुरा गरेको बताउनुभएकाे हाे ।

उहाँले प्रचण्ड माधव पक्षलाई पुमा कम्पनीको कुरा न परो भन्दै आश्चर्य समेत प्रकट गर्नुभएकाे छ । उहाँले प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभाको भाषण नसुन्ने निर्णय गरेको पनि बताउनुभयाे ।
उहाँ लेख्नुहुन्छ, ‘नेताहरु विदेशी शक्तिकेन्द्र गुहार्दैछन् अनि कार्यकर्ता राष्ट्रियताको रक्षा गरौँ भनेर नारा लाईराछन्’ उनले लेखेका छन्, ‘पुमा कम्पनीको कुरा न परो? बुझ्न सके पो भो, आज भाषण नसुन्ने निर्णय गरे मैले त।’

प्रकाशित मिति : 13:19