२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

राष्ट्रिय युवा संघको अध्यक्षमा वचन सिंह, सहअध्यक्षमा पौडेल र महासचिवमा आचार्य

२६ माघ, काठमाडाैँ । राष्ट्रिय युवा संघको अध्यक्षमा वचन सिंह निर्वाचित भएका छन । संघको काठमाडाैँमा जारी दोस्रो पूर्ण बैठकले सिंहलाइ अध्यक्ष, किरण पाैडेललाइ सहअध्यक्ष र महसचिवमा रमेश अाचार्यलाइ निर्वाचित गरेको छ ।

संघले केन्द्रीय कमिटी पुरै पुनर्गठन गरेको छ । युवा संघका इन्चार्ज महेश बस्नेतले पाैडेललाइ तत्कालै अध्यक्ष दिनका लागि प्रयत्न गरेको भए पनि निवर्तनमान संयोजक रमेश पाैडेलको असहमतिका कारण सम्भव भएन । यद्यपी जेठ १६ बाट किरण पाैडेल स्वत अध्यक्ष हुने गरी सहमति भएको छ ।

युवासंघको नेतृत्वमा ४० वर्षको हदबन्दी रहेको र सिंह जेठ १६ गते ४० वर्षको पुग्ने छन । त्यसपछि पाैडेले संघको अध्यक्षको जिम्मेवारी स्वत पाउनेछन ।

प्रकाशित मिति : 23:17