माघ ३० गतेभित्र बहस सकाउन प्रधानन्यायाधीशको आग्रह
२५ माघ, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि चलिरहेको बहस माघ ३० गतेसम्ममा सकाउन आग्रह गर्नुभएकाे छ ।

संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई माघ ३० गतेसम्ममा बहस सक्न आग्रह गर्नुभएकाे हाे । आइतवार सरकारी वकिलको बहस सकिएकाे छ । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा माघ ४ गतेदेखि अन्तिम सुनुवाइ चलिरहेको छ ।
प्रकाशित मिति : 16:03









